२०८० चैत्र ६ मंगलवार

किरात राई पत्रकार संघ केन्द्रीय समितिमा अवतार

असोज-२, काठमाडौ । किरात राई पत्रकार संघ केन्द्रीय समितिको अध्यक्षमा भोजपुरका अवतार राई सर्वसम्मत निर्वाचित भएका छन । काठमाडौंको कोटेश्वर स्थित किराया सुम्निमा हलमा आइतबार सम्पन्न संघको पाँचौ अधिबेशनबाट राई सर्वसम्मत निर्वाचित भएका हुन् ।

उक्त अधिबेशनबाट किरात राई पत्रकार संघ सुनसरीका निबर्तमान अध्यक्ष तथा www.eposttimes.com का सह-सम्पादक बिशाल राई उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन । त्यसैगरि अर्का उपाध्यक्षमा रिता राराहाङ निर्वाचत भएका छन ।  संघको महासचिवमा यूट्यूव कर्मी कृष्णराज राई, चार सचिवहरुमा गोविन्द राई, राजकुमार राई, गोमा राई र बुद्धि चाम्लिङ छन । त्यसैगरी कोषाध्यक्षमा कान्तिपुर कर्मि नुनुता राई सर्वसम्मत निर्वाचित भएका छन । अन्य सदस्यहरु भने संघको पहिलो बैठकबाट भूगोल मिल्ने गरि मनोनित गर्ने नव निर्वाचित उपाध्यक्ष विशाल राईले जानकारी गराए ।

किरात राई यायोक्खा केन्द्रीय समितिका महासचिव जनक राईको प्रमुख आतिथ्यता र सम्मेलन आयोजक कमिटीका संयोजक अवतार राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा यायोक्खाका केन्द्रीय उप-महासचिव भिम राई, निबर्तमान संघिय संसद् सुदन किराँती, किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष गणेश वाम्बुले राई, पूर्व अध्यक्ष राजेश चाम्लिङ राई, नेपाल पत्रकार महनसंघका प्रतिनिधिहरु लगायत किराया सम्बद्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

किरात राई यायोक्खाको भातृसंस्थाको रुपमा करिव १६ बर्ष अगाडि कान्तिपुर दैनीकका उप-सम्पादक गणेश वाम्बुले राईको अध्यक्षतामा गठन भएको यस किराप संघको अहिले करिव एघार वटा जिल्लाहरुमा संस्थागत रहेको छ ।

२०७९ आश्विन २, आईतवार १७:०१ गते 1 Minute 279 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार