२०८० जेष्ठ १७ बुधबार

प्रतिनिधी सभासदस्यका लागि पूर्व मूख्यमन्त्री शेरधन राईको उम्मेदवारी मनोनयन दर्ता

असोज-२३, भोजपृुर । आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि देशभरी उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ ।

यसैबीच नेकपा एमाले भोजपुरले पनि भरखरै उम्मेदवारी मनोनयन दर्ता गरीसकेको छ ।
भोजपुरबाट प्रतिनिधी सभा सदस्य पदका लागि एक नंम्बर प्रदेशका पूर्व मूख्यमन्त्री तथा नेकपा एमाले पार्टी स्थायी कमिटी सदस्य शेरधन राई, भोजपुरकाे क्षेत्र (क) बाट हरीबहादुर राई त्यसैगरी क्षेत्र (ख) बाट खडग बहादुर कार्की (प्रेम)   पार्टीबाट सिफारीस भइ उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

२०५६ को संसदीय चुनावमा सबैभन्दा कान्छो उमेरका २८ बर्षे सांसदको रूपमा सदनमा पाइला राखेदेखी अहिलेसम्म निरन्तर महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै २०७० मा संविधानसभामा निर्वाचित भएपछि संविधान मस्यौदा समितिको सदस्य र सुशासन तथा अनुगमन समितिको सभापति भइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई संसदीय समितिमा बोलाइ स्पष्टीकरण लिएर आमजनताका स्याबासी पाएका शेरधन राई सञ्चारमन्त्री भए बखत आमसञ्चार नीति, आमसञ्चार प्रतिष्ठान गठन, विज्ञापन परिषद् निर्माण, क्लिन फिड, सार्वजनिक प्रसारण सेवाको सन्दर्भमा नीतिगत रूपमा उदाहरणीय काम गरेका संघीय संरचनापछि २०७४ फागुन २ गते प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका शेरधन राई यसपटक भने भोजपुरबाट प्रतिनिधी सभाको लागि सबैभन्दा अब्बल र विश्वासिला उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिएका छन ।

त्यसैगरी प्रदेश सभा सदस्य तर्फको क्षेत्र (क) बाट पुराना तथा त्यागी नेता हरी बहादुर राई र क्षेत्र (ख) बाट प्रेम कार्कीले नेकपा एमाले पार्टीको सिफारिसमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
श्रोतका अनुसार उता गठबन्धनबाट प्रतिनिधी सभा सदस्य पदका लागि सुदन किराती (नेकपा माओबादी), प्रदेश सभा सदस्यका लागि भोजपुर (क) बाट राजेन्द्र्र राई (नेकपाएस), र भोजपुर (ख) बाट विनोद बान्तवा (नेकां भोजपुर पार्टी सभापती) ले आफनो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

अन्तिम उम्मेदवारी मनोनयन दर्ताको समय आज बेलुकी ५ बजेसम्म रहने मूख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।

२०७९ आश्विन २३, आईतवार ०९:०८ गते 1 Minute 42 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।