
मंसिर-१२, धरान । सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका संयुक्त उम्मेदवार अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ४५३ मतान्तरले हराउदै विजयी भएका हुन् । राईले १७ हजार ५९ मत पाएका छन् भने तामाङले १६ हजार ६०६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
यसैगरि, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले १३ हजार ८७ मत पाएका छन् भने राप्रपाका उम्मेदवार अशोक राई (अविरल)ले ७ हजार ८८४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले ७ हजार ८१२, तर्कबहादुर मगरले ३ हजार ८१८ पाएका छन् ।
सुनसरी १ मा कुल ७८ हजार ९११ हजार मत खसेकोमा ७३ हजार २१ मत सदर भएको थियो भने ५ हजार ८९० मत वदर भएको थियो ।
सुनसरी क्षेत्र नं. १ को (क) र (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका रमेश बस्नेत र विजय राई यसअघि निर्वाचित भइसकेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।