२०८० फाल्गुन ११ शुक्रबार

जनमत पार्टी सरकारमा गयाे, अनिता देवीले लिइन् शपथ

साउन-२९, काठमाडौं । जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।

यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।

यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।

२०८० श्रावण २९, सोमबार ०४:५३ गते 1 Minute 150 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार