
भदौ-९, काठमाण्डौ । पुत्र वियोगले विक्षीप्त बनेकाअभिनेता सानु ताम्राकारको शनिबार निधन भएको छ । शनिबार दिउँसो ३ः२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । ७४ वर्षका ताम्राकार २८ दिनदेखि मिर्गौला सम्बन्धी समस्याको उपचार गराइरहेका थिए ।
ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी रहेको अध्यक्ष निरौलाले जनाए ।
गत असार २१ गते छोरा सारुकको निधन भएपछि पुत्र वियोगले बुवा सानु ताम्राकार चिन्तामा थिए । उनी पछिल्लो समय मिर्गौलाको उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।