२०८० आश्विन ७ आईतवार

जमरकट्टेल प्रतिष्ठानको साधारण सभा सम्पन्न

 

भदाै-२४, विराटनगर । जमरकट्टेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । विराटनगर-१९ बैजनाथपुरस्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा साधारण सभा गरिएको हो ।

प्रतिष्ठानका सल्लाहकार समिति संयोजक राजु जमरकट्टेलले ब्यानर उघारेर साधारण सभा उद्घाटन गरेका थिए । साधारण सभामा सचिव डिल्लीराम जमरकट्टेलले प्रतिष्ठानको चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । त्यस्तै, कोषाध्यक्ष टिकाराम जमरकट्टेलले गत आर्थिक बर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन साधारण सभाले सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार समिति संयोजक राजु जमरकट्टेल, सल्लाहकार चन्द्रप्रसाद जमरकट्टेल, अध्यक्ष कुमारमणी जमरकट्टेल, उपाध्यक्षद्वय कृष्णप्रसाद जमरकट्टेल र थीरप्रसाद जमरकट्टेलले वंशको हितका लागि बन्धुहरुबीचको एकतालाई मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका सचिव रविन जमरकट्टेलले सञ्चालन गरेको कार्यक्रममा सदस्य एकराज जमरकट्टेलले मन्तव्यमार्फत सहभागीहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा भारद्वाज ऋषिको सालिकमा माल्यार्पण पनि गरियो । साधारण सभामा मोरङ, सुनसरी, झापा, धनकुटा, उदयपुर लगायत जिल्लाका जमरकट्टेल बन्धुहरू सहभागि थिए ।

कोशी प्रदेशमा मात्र करिब २० हजारको सङ्ख्यामा जमरकट्टेलहरु छन् । बन्धुहरुबीचको एकताका लागि प्रतिष्ठान निर्माण गरेर अघि बढेका जमरकट्टेलहरुले विराटनगर-१९ स्थित बैजनाथपुरमा करिब दुई करोडको लागतमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्दैछन् ।

२०८० भाद्र २४, आईतवार ०८:०३ गते 1 Minute 34 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार