२०८० आश्विन ७ आईतवार

लिम्बू जातीय संस्कार मुन्धुम विधि अनुसार नेता नेम्वाङको अन्तिम संस्कार गरिने`

भदौ-२६, काठमाडौैं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभरि च्यासलस्थित पार्टी कार्यालयमा राखिनेछ । गए राती हृदयघातबाट निधन भएको नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रिय कार्यालय च्यासल, ललितपुरमा राखिने भएको हो ।

हिजो दिनभर ज्वरो आए पछि घरमा नै आराम गरिरहेका नेम्वाङको राती १ बजे निधन भएको थियाे । संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम संस्कार भने हाल अष्ट्रेलियामा रहेका छोरा स्वदेश फर्के पछि मात्रै गरिनेछ ।

छोरा नेपाल फर्के पछि मात्रै अन्तिम संस्कार गरिने भएकाले नेम्वाङको पार्थिब शरिर च्यासलस्थित केन्द्रिय कार्यालयमा राखिनेछ ।  एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि लिम्बू संस्कारको विधि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने पारिवारिक श्राेतले जनाएको छ ।

नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ  गए राती आफ्नै निवासमा अचानक हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुग्नासाथ उनलाई मृत घोषित गरिएको थियो।

२०८० भाद्र २६, मंगलवार ०७:२३ गते 1 Minute 30 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार