२०८० आश्विन ७ आईतवार

नव नियुक्त पर्यटन मन्त्री पाँचकर्ण राई र सामाजीक विकास राज्यमन्त्री सिर्जना राईले गोर्खाली खुकुरी पार्कको अवलोकण गरे

भदौ-२६, धरान । कोशी प्रदेशका नव नियुक्त पर्यटन, वन तथा वातावण मन्त्री पाँचकर्ण राई र सामाजीक विकास राज्यमन्त्री सिर्जना राईले अचानक गोर्खाली खुकुरी पार्कको भ्रमण अवलोकण गरेका छन् ।

गोर्खाली खुकुरी पार्क परिसरमा अबेर राती एक कार्यक्रमको आयोजना गरी प्रदेशबाट आएका पर्यटन मन्त्री, सामाजीक विकास मन्त्री, पर्यटन मन्त्रालयका कर्मचारी, प्राविधिक र स्थानीय नेता तथा आगन्तुकहरुलाई पार्क परिकल्पनाकार रामप्रसाद राईले स्वागत गरेका थिए । स्वागत गर्ने क्रममा नव नियूक्त पर्यटन मन्त्री र सामाजिक विकास राज्य मन्त्रिलाई बधाई तथा पूर्ण कार्यकालको शुभकामना समेत दिए ।

नवनियूक्त पर्यटन, वन तथा वातावरण मन्त्री पाँचकर्ण राईले यहाँ स्थित बन्दै गरेको पार्क नौलो र ऐतिहासिक भएको र यसले हाम्रो मुलुकका अग्रज पूर्खा अनि सारा गोर्खाज नेपालीहरुको शिर उच्चो पार्दैै थप परिचय दिएको बताउदै निर्माणाधिन खुकुरी पार्कलाई पूर्णता दिनको लागि प्रदेश १ को पर्यटन मन्त्रालयले नियम र कानुनले भ्याए सम्म सकेको वजेट विनियोजन गरेर निर्माण कार्यमा सहकार्य गर्ने पर्यटन मन्त्री राईले बताए । त्यसैगरी सम्पूर्ण निर्माण टिम लगायत यसमा जोडीनु भएका सबैलाई यसरी नै हातेमालो गर्दै अगाडी बढ्न आग्रह गर्दै उच्च सम्मान समेत रहेको बताए ।

सुनसरी स्थित धरान उपमहानगरपालिकाको वडा नं. १३ स्थित वालफेयर हाइट स्थित वीर गोर्खाली लाहुरेहरुको स्मरण र सम्मानमा विश्वकै सबैभन्दा ठूलो ४२ फीते अग्लो खुकुरीको प्रतिमा स्थापना गरी पार्क र गोर्खा भिलेज रिसोर्ट निर्माण कार्य तिव्ररुपमा अगाडी बढीरहेको छ ।

भोजपुरको हतुवागढीमा जन्मघर भई हाल धरानमा बासोबास गरीरहेका पूर्व सिङ्गापुर लाहुरे राम प्रसाद रङाहाङ राईको परिकल्पनामा उनैको अगुवामा निर्माणाधिन रहेको उक्त पार्कमा बेलायती सेना, सिङगापुर पुलिस, इन्डियन सेना र नेपाली सेना प्रहरीमा सेवा निबृत्त र सेवारत लाहुरेहरुको स्वऐच्छिक आर्थिक लगानीमा निर्माण हुने गुरुयोजना तय भएको उक्त पार्कमा प्रदेश नं. १ को पहिलो पूर्व मूख्यमन्त्री शेरधन राईले सम्भाब्यताको अध्यायन गरी एक्येबद्दता जनाउदै कामको उच्च मूल्याङकण गर्दै प्रदेशको १ को पर्यटन मन्त्रालयबाट केही रकम विनियोजन गरीदिएकाले काम अगाडी बढाई योजनाले अझ उचाई लिएको परिकल्पनाकार राईले बताए ।

कार्यक्रममा कोशी प्रदेशको बन वातावरण तथा पर्यटन मन्त्रालय सचिब डा. संजीव बान्तवा राई, ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्ल, मन्त्रालयका प्राविधिक, लेखा प्रमुख, धरान १३ का वडाध्यक्ष नेत्र काफ्ले, स्थानीय समाजसेवी, नेता कार्यकर्ता लगायत पार्क निर्माण समितिका सल्लाहकार, पदाधिकारी र सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

नव निर्वाचित पर्यटन मन्त्री पाँचकर्ण राई र सामाजीक विकास राज्यमन्त्री सिर्जना राईलाई पूर्व मूख्यमन्त्री शेरधन राईले बधाई तथा कार्यसफलताको शुभकामना दिदै खादामाला लगाएर स्वागत गरेका थिए ।

२०८० भाद्र २६, मंगलवार ११:०५ गते 1 Minute 258 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार