२०८० मंसिर २४ आईतवार

विश्वकपकाे क्रिकेट खेलमा नेपाल छनौट भए, नोबेल अस्पतालले नेपाली खेलाडीलाई १५ लाख दिने

कात्तिक-१६, विराटनगर। विराटनगर स्थित सांसद डा.सुनिल शर्मा स‌‌चालित नाेबेल शिक्षण अस्पतालले आईसीसी टी-२० विश्वकपमा छनौट भएमा नेपाली क्रिकेट टोलीलाई १५ लाख पुरस्कार दिने भएको छ ।  नेपाली क्रिकेट टोलीलाई प्रोत्साहन गर्न गत बुधबार नोबेल अस्पतालले पुरस्कार दिने घोषणा गरेको हो ।

विश्वकपमा छनोट हुन सफल भएमा नेपाली टोलीलाई १५ लाख र छनोटको फाइनल खेल जितेमा थप ५ लाख पुरस्कार प्रदान गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘नेपाली क्रिकेट टोलीले देशको गौरव बढाउँने गरी ऐतिहासिक सफलता हासिल गर्दै आएको छ,’ डा.शर्माले भने, ‘खेलाडीहरूलाई थप प्रोत्साहन गर्नका लागि पुरस्कार घोषणा गरेका हौं ।’

पुरस्कार घोषणा गरिएको जानकारीसहितको पत्र वुधवार नोबेलका प्रमुख कार्यकारी अधिकारी डा.भोगेन्द्रप्रसाद उपाध्यायले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई हस्तान्तरण गरेका छन् । काठमाडौंमा जारी आईसीसी टी-२० विश्वकप छनोटमा सिंगापुर र मलेसियाविरुद्ध लगातार जित निकाल्दै एक खेल अगावै नेपाल सेमिफाइनल पुगिसकेको छ ।

नेपालले बिहीबार ओमनको सामना गर्नेछ । सेमिफाइनल पुगेको नेपाली क्रिकेट टोलीले फाइनल प्रवेश गरेमा आगामी वर्ष अमेरिका र क्यानडामा हुने टी-२० विश्वकप क्रिकेट खेल्न अवसर पाउनेछ ।

२०८० कार्तिक १६, बिहीबार ०३:३८ गते 1 Minute 130 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।