२०८० मंसिर २४ आईतवार

पूर्व एआईजीले विवादित महिला तारा बराललाई पत्नी बनाउने सम्झाैता गरे

कात्तिक-१७, काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र कथित अभियन्ता भनिने तारा बरालबीच बिहे गर्ने सहमति भएको कागज सामाजिक सञ्जालमा आएको छ ।

उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजात समेत गरिएको छ । चन्द डिभोर्सी हुन् । बराल एकल महिला हुन् ।
उनीहरूले कानूनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका छन् । सम्झाैता पत्र चन्द स्वयमलेखेकाे देखिन्छ । उच्च घरानीयासंग निक्कै सांठगाठ गरी प्रभावमा पार्ने । पत्रकार कुट्ने, जथाभावी बोलेर सर्वसाधारणको चरित्र हत्या गर्ने जस्ता हर्कत गर्दै आएकी बराल निकै विवादित महिला हुन् ।

यसअघि चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । बेलाबेला विवादमा आइरहने बरालले आफूलाई स्वघोषित अभियन्ता बताउने गरेकी छिन् । चितवनीकी बराल राजाको भक्त हुन् । दशैँको बेला पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट टीका लगाएकी थिइन् ।

सामाजिक सञ्जालबाट बाहिरिएको भनिएको बिहे गर्ने सहमति पत्रको आधिकारिकताका विषयमा जानकारी लिन बिभिन्न माध्यमबाट बराल र चन्दसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनीहरूका बीच प्रेम सम्बन्ध रहेको भनेर बेलाबेला समाचार आइरहेका थिए ।

२०८० कार्तिक १७, शुक्रबार ०५:३० गते 1 Minute 55 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।